सुदूरपश्चिमको नीति तथा कार्यक्रम : मोनोरेल बनाउनेदेखि अस्पताल निर्माणसम्म [पूर्ण पाठसहित]

पदमराज भट्ट २४ जेठ २०८० १८:५१
32
SHARES
सुदूरपश्चिमको नीति तथा कार्यक्रम : मोनोरेल बनाउनेदेखि अस्पताल निर्माणसम्म [पूर्ण पाठसहित]

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शुन्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ। यसैगरी, प्रदेश सरकारले बाजुराको कोल्टी अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताल ,डडेल्धुराको जोगबुढा अस्पताल र कैलालीको लम्कीचुहालाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने भएको छ। प्रदेश सरकारले गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो। प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। प्रदेश सरकारले अछाम, बैतडी, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने भएको छ।

यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हेल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

प्रकाशित: २४ जेठ २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =