सांसद बडूले भने : बजेटमा विद्यालय कर्मचारीको विषय किन समेटिएन ?

हिमाल प्रेस २४ जेठ २०८० १७:२२
1.9k
SHARES
सांसद बडूले भने : बजेटमा विद्यालय कर्मचारीको विषय किन समेटिएन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सामुदायिक विद्यालयका कर्मचारीको विषय सरकारको नीति तथा कार्यक्रममा समेटिए पनि बजेटमा नसमेटिएको बताएका छन्। आर्थिक बर्ष २०८०/८१ को बजेट माथिको छलफलको विषयमा बोल्दै सांसद बडूले अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको बजेटमा विद्यालयका कर्मचारीको विषय सम्बोधन नभएको बताए।

‘यो बजेट बक्ततव्यले नीति तथा कार्यक्रम र सरकारको प्राथमिकतामा रहेका विषय पनि सम्बोधन नगरेको अवस्था छ। देशको आर्थिक अवस्थामा सुधार ल्याउँदै शिक्षामा एक अर्ब बजेट बढेको छ,’ उनले भने, ‘स्रोत केन्द्र क्रियाशिल बनाउने विषय समेटिएको छ। यो सकारात्मक कुरा हो। तर नीती तथा कार्यक्रममा उल्लेख गरिएको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको विषय सम्बोधन भएन। अहिले उनीहरू आन्दोलनरत छन्।’

उनले शिक्षामा २० प्रतिशत बजेट छुट्टाउनुपर्ने बताउदै यहाँ दिएको सुझाब कार्यान्वयन हुनेमा आफ्नो विश्वास व्यक्त गरे।

प्रकाशित: २४ जेठ २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =