साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

हिमाल प्रेस २४ जेठ २०८० ९:१३
10
SHARES
साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काभ्रे– काभ्रेको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा १ पैदलयात्रुको मृत्यु भएको छ।

काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा. ४ ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।

गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ जेठ २०८० ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =