ज्ञानेन्द्र शाहीको प्रश्न – विद्युतीय गाडीमा लगाइने करको सूचना किन चुहाएको?

हिमाल प्रेस २३ जेठ २०८० १५:३३
6
SHARES
ज्ञानेन्द्र शाहीको प्रश्न – विद्युतीय गाडीमा लगाइने करको सूचना किन चुहाएको? तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विद्युतीय गाडीमा लगाइने करको सूचना चुहाइएको भन्दै अर्थमन्त्रीसँग जबाफ माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले यस्तो माग गरेका हुन्।

उनले भने, ‘इलेक्ट्रिकल भेइकल्सलाई भन्सार दर बढाएको यस्तो अति संवेदनशील बजेट अगाडि चुहाएर व्यवसायीलाई लाभ पुर्‍याएको, बजेट भाषणको मुखमा ११ सयभन्दा बढी ४ पांग्रे विद्युतीय सवारी गाडी अस्वाभाविक रूपमा नेपाल भित्रिएको र सरकारले त्यसबाट ९० करोड राजस्व गुमाएको भन्ने छ, यसबारे जवाफ चाहिन्छ।’

यस्तै उनले बजेट निर्माणमा अनाधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागी गरियो भन्ने प्रश्न गरेका छन्। उनले भने, ‘जेठ १४ गते राति आर्थिक विधेयक फाइनल गर्ने क्रममा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको भन्ने छ, वास्तविक कुरो के हो?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =