सांसद खतिवडाको प्रश्न – बजेट निर्माणमा अवकाशप्राप्त कर्मचारीको संलग्नता किन?

हिमाल प्रेस २३ जेठ २०८० १५:१९
20
SHARES
सांसद खतिवडाको प्रश्न – बजेट निर्माणमा अवकाशप्राप्त कर्मचारीको संलग्नता किन? तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट निर्माणमा अवकाश प्राप्त कर्मचारी नियुक्त गरिएको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जबाफ माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दैै खतिवडाले भने, ‘ती कर्मचारीलाई कसको इन्ट्रेस्टमा किन नियुक्त गरिएको हो, त्यसको जानकारी म अर्थमन्त्रीसँग माग्न चाहन्छु।’

अर्थ मन्त्रालयमा रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्त गरेको उनले बताए। खतिवडाको प्रश्न छ, ‘दुई वर्षअघि अवकाश भएका कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्‍यो?’ उनका अनुसार श्रेष्ठलाई २०८९ फागुन २५ गतेदेखि लागू हुने गरी २०८० असार मसान्तसम्म म्याद रहने गरी नियुक्त गरिएको थियो।

श्रेष्ठलाई बेरुजु विशेषज्ञका रूपमा नियुक्त भएका श्रेष्ठलाई भन्सारको राजस्व छुटको प्रभाव अध्ययन गर्न तथ्यांक संकलन गर्ने तथा विश्लेषण गर्ने अधिकार दिइएको पाइएको खतिवडाले जानकारी दिए।

उनले भने, ‘आर्थिक ऐन २०८० को तर्जुमा गर्न प्रारम्भिक मस्यौदा तयार गर्न भन्सारको उपसमितिको सचिवालयमा रायससुझाव संकलन गर्ने अधिकार दिएर केका लागि नियुक्त गरियो? जबाफ दिन आग्रह गर्दछु।’

प्रकाशित: २३ जेठ २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =