बजेटमा अनधिकृत प्रवेशबारे छानबिन समिति बनाउन एमालेको माग

हिमाल प्रेस २३ जेठ २०८० १४:१८
6
SHARES
बजेटमा अनधिकृत प्रवेशबारे छानबिन समिति बनाउन एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्रीले सदनमा जानकारी दिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन्। उनले भने, ‘यस विषयमा अर्थमन्त्रीले रोस्ट्रममा आएर जबाफ दिनुपर्छ। चित्तबुझ्दो जबाफ नआएर संसदीय समिति छानबिन समिति बनाउनुपर्छ।’

उनले अनधिकृत व्यक्ति प्रवेशको यथार्थ के हो नेपाली जनताले जान्न पाउनुपर्ने उनको माग छ।

उनले प्रत्येक वर्ष बजेट प्रक्रियामा गम्भीर खालका रहस्य उद्घाटन हुँदै जानुले भ्रष्टाचार संस्थागत रूपमा भइरहनु गम्भीर विषय भएको बताए। उनले भने, ‘गत वर्ष पनि केही बिचौलिया राखेर, ठूला घरानाका एजेन्ट राखेर बजेट बनाउने काम भयो। छानबिन माग गर्दा सीसीटीभी फुटेज हटाइयो। यसरी लुट मच्चाउँदा जनतामा निराशा उत्पन्न हुने गरेको छ।’

उनले यस वर्ष पनि बिचौलिया राखेर करको दर तलमाथि पार्ने काम भएको आरोप लगाए। ‘बजेट बनाउने ठाउँमा अनधिकृत मान्छेको प्रवेश हुन्छ। गोपनीयता कायम गरिएको हुँदैन। अनि अर्थमन्त्रीले रातो रिबनले बाँधिएको ब्रिफकेस ल्याएर के मतलब?,’ उनले भने। यस्तै उनले जब बजेट बन्न थाल्छ तब मध्यमवर्गीय मानिसले चढ्ने भन्सार र अन्तःशुल्क बढाउने गरिएको आरोप लगाए।

गिरीले भने, ‘११ सय बढी गाडी बजेटको केही दिनअगाडि भित्र्याउँदा राज्यलाई ९३ करोड रुपैयाँ नोक्सान भइरहेको छ।’

प्रकाशित: २३ जेठ २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =