सर्‍यो राष्ट्रियसभा बैठक

हिमाल प्रेस २३ जेठ २०८० ११:१५
4
SHARES
सर्‍यो राष्ट्रियसभा बैठक फाइल तस्बिर।

काठमाडौँ- आज बस्ने तय भएको राष्ट्रियसभा बैठक भोलि (बुधबार) बिहानका लागि सरेको छ।  विशेष कारण भन्दै स्थगित बैठक बुधबार बिहान ११ः११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो। साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो।

प्रकाशित: २३ जेठ २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =