१७ अंकले घट्यो नेप्से, परिसूचक १९०२ बिन्दुमा

हिमाल प्रेस २२ जेठ २०८० १५:२३
8
SHARES
१७ अंकले घट्यो नेप्से, परिसूचक १९०२ बिन्दुमा

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) १७.३८ अंकले घटेको छ। सामान्य उतारचढावका बीच परिसूचक १९०२ बिन्दुमा ओर्लिएको छ।

आज १६६ कम्पनीको मूल्य घटेको छ। ४६ कम्पनीको मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार कूल ५६ लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। यसको १९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: २२ जेठ २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =