मृत विधेयक ब्युँताउन सक्ने प्रचण्डले द्वन्द्वकालका मृतकहरूलाई पनि ब्युँताउन् : योगेश भट्टराई

हिमाल प्रेस २२ जेठ २०८० ११:४६
4
SHARES
मृत विधेयक ब्युँताउन सक्ने प्रचण्डले द्वन्द्वकालका मृतकहरूलाई पनि ब्युँताउन् : योगेश भट्टराई

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले संविधान मिचेर मृत नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब दिएको दाबी गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर प्रधानमन्त्रीले संविधान मिच्न राष्ट्रपतिलाई दुरुत्साहन गर्नु भएको छ। प्रधानमन्त्रीले संसद्को विशेषाधिकार मिचेको हो भने यो सदनले उहाँलाई कारबाही गर्छ,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति संसदभन्दा माथि हुँदैन। सभामुख वा राष्ट्रियसभा अध्यक्षले प्रमाण गरेर पठाएपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने हो। तर पूर्वसभामुखले पठाएको विधेयक अहिलेका राष्ट्रपतिले कसरी प्रमाणीकरण गर्नु भयो?’

मृत्यु भइसकेको नागरिकता विधेयक ब्युँताउने शक्ति प्रधानमन्त्री प्रचण्डसँग छ भने तत्कालीन द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकलाई ज्यूँदो बनाउन भट्टराईले उनलाई चेतावनी दिए।

भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले नेपाललाई फाइदा हुने र राष्ट्रहित हुने कुनै सम्झौता नगरेको बरु कालापानी, लिपुलेक र लिम्पियाधुराको भू-भाग भारतलाई दिएर भारतबाट बंगलादेश जाने सडक नेपालले उपयोग गर्न पाउने भन्दै गरेको सहमति राष्ट्रघाती रहेको भट्टराईले दाबी गरे।

‘भारतसँग सहमतिका नाममा हाम्रो जमिन उसलाई सुम्पिने सहमति हामीलाई मान्य छैन। यसबारे विरोध जनाउँदै एमालेले सदन अवरोध जारी राख्छ,’ उनले भने।

प्रकाशित: २२ जेठ २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =