चीनमा हिमपहिरोमा परी १४ जनाको मृत्यु

हिमाल प्रेस २१ जेठ २०८० २०:४२
2
SHARE
चीनमा हिमपहिरोमा परी १४ जनाको मृत्यु

चेङ्दु- चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशानमा हिमपहिरो जाँदा १४ जनाको मृत्यु भएको छ। आइतबार गएको हिमपहिरोमा परी अन्य ५ जना बेपत्ता भएका छन्।

प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको र ५ जना बेपत्ता भएका जानकारी गराएको छ। सिचुआन जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जंगल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बेपत्ताको खोजी गर्न १ सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा पुगेको र खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले बताएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २१ जेठ २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =