पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

हिमाल प्रेस २१ जेठ २०८० १९:४३
22
SHARES
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु सांकेतिक तस्बिर।

लुम्बिनी- पाल्पामा आइतबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रूपन्देही सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा दुर्घटना भएको हो।

क्षमताभन्दा धेरै यात्रु बोकेको जिप अनियन्त्रित भएर  करिब ७० मिटर तल खसेको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा ८ का वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल ल्याइएको छ। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ जेठ २०८० १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =