शिल्पीमा एकदिने नाटक ‘मेटाफिजिक्स’ मञ्चन हुने

हिमाल प्रेस २१ जेठ २०८० १७:२३
10
SHARES
शिल्पीमा एकदिने नाटक ‘मेटाफिजिक्स’ मञ्चन हुने

काठमाडौँ- बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा जेठ २७ गते (शनिबार) नाटक ‘मेटाफिजिक्स’ मञ्चन हुने भएको छ। एक दिनमात्र मञ्चन गरिने नाटक हेर्न आइतबारदेखि नै टिकट बुकिङ खुला गरिएको थिएटरले जानकारी दिएको छ।

कुमार नगरकोटीको कथा रहेको नाटकको नाट्य रूपान्तरण रविन परियारले गरेका हुन्। गोविन्द ओलीको निर्देशन रहेको नाटकमा शिल्पी थिएटरका डिप्लोमा अध्ययनरत विद्यार्थीहरूको अभिनय रहेको थिएटरको भनाइ छ। नाटक आगामी शनिबार बेलुकी साढे ५ बजे मञ्चन हुनेछ।

प्रकाशित: २१ जेठ २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =