‘घर हाम्रा हुम्ला जुम्लामा’ गीतमा प्रेमराजा महत

हिमाल प्रेस २१ जेठ २०८० १७:०५
18
SHARES
‘घर हाम्रा हुम्ला जुम्लामा’ गीतमा प्रेमराजा महत

काठमाडौँ- प्रेमराजा महत र शान्ति श्री परियारको स्वरमा ‘घर हाम्रा हुम्ला जुम्लामा’ बोलको मौलिक गीत सार्वजनिक गरिएको छ। गीत गायक महतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक तथा सर्जक महतकै परिकल्पना, शब्द र संगीत रहेको गीतलाई बि.बि अनुरागीले संगीत संयोजन गरेका छन्। रामजी लामिछाको कोरियोग्राफी तथा निर्देशनमा बनेको प्रेमिल गीतको भिडियोमा महत र रीना थापाको अभिनय छ। गीतमा पश्चिमतिर बोलिने मौलिक भाषाको प्रयोग गरिएको छ।

गीतको भिडियो मानकृष्ण महर्जनको छायांकन, मिराज अर्याल र रिमा फिल्मस्को सम्पादनमा बनेको छ। गायक महतको ‘बन्दिपुरैमा’, ‘ढुंगे धारैमा’, ‘लाम माया छपक्कै’, ‘सिमसिमे पानीमा’, ‘बाझो खेतमा’, ‘सालको पातैले’, ‘पानको पात’, हिउँ चुलीमा हिउँलगायत गीत निकै चर्चित छन्।

प्रकाशित: २१ जेठ २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =