विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क गराउन सरकारको निर्देशन

हिमाल प्रेस २१ जेठ २०८० १४:२१
8
SHARES
विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क गराउन सरकारको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सबै सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै स्वास्थ्य संस्था सञ्चालन ऐन सम्बन्धी मापदण्डको दफा ७० (घ) मा अनुसार अस्पतालमा उपचार गराउन आउने विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क गराउन निर्देशन दिएका हुन्।

सोही मापदण्डअनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्रका स्वास्थ्य संस्थाले विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क नगराएको भन्दै कारबाही गर्न सरकारलाई आग्रह गरेका थिए। उनले सरकारले कारबाही नगरे महानगरले त्यस्ता अस्पतालको प्रशासन नै बन्द गरिदिने चेतावनी दिएका थिए। त्यसलगत्तै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यसबारे चासो दिएका थिए।

मन्त्रालयले सबै स्थानीय तहलाई पनि विपन्न, असहाय, बेवारिसे बिरामीको उपचार नि:शुल्क गराउने व्यवस्था मिलाउन पनि भनेको छ।

प्रकाशित: २१ जेठ २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =