विद्यालय कर्मचारीको समस्या समाधान गर्न संघको माग

हिमाल प्रेस २१ जेठ २०८० १६:०३
56
SHARES
विद्यालय कर्मचारीको समस्या समाधान गर्न संघको माग

काठमाडौँ– नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले विद्यालय कर्मचारीका सेवा सुविधा र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न माग गरेको छ।

संघले विज्ञप्ती जारी गर्दै विद्यालय कर्मचारीका समस्या सम्बोधन गर्न संघीय संसदमा बजेट संशोधन गरी कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश गर्न माग गरेको हो।

नेपाल सरकारका अर्थमन्त्री प्रकाशसरण महतले आर्थिक वर्ष २०८०÷०८१ को संघीय संसदमा प्रस्तुत गरेको बजेटमा नीति तथा कार्यक्रमको बुदा नं १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधा र व्यवस्थापन लगायत विषयमा सम्बोधन गरिनेछ भन्ने विषय बजेट वक्तव्यमा समावेश नभएको संघले जनाएको छ।

विज्ञप्तीमा भिनिएको छ,‘सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधा र व्यवस्थापनबारे कहि कतै उल्लेख नभएको हुँदा नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको गम्भिर ध्यानाकर्षण भएको छ।’

संघले माग सम्बोधन नभए सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले राजधानी केन्द्रित आन्दोलन गर्ने जनाएको छ।

प्रकाशित: २१ जेठ २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =