विपक्षी दलको नाराबाजीपछि एक घण्टाका लागि रोकियो संसद् बैठक

हिमाल प्रेस २१ जेठ २०८० १२:४५
8
SHARES
विपक्षी दलको नाराबाजीपछि एक घण्टाका लागि रोकियो संसद् बैठक

काठमाडौँ- प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ।

नेकपा एमालेलगायतका विपक्षी दलले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आइतबार संसद् बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

विपक्षी दलले तत्काल नयाँ विधेयक दर्ता गरी त्यसमाथि छलफल गर्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गरेका थिए। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। उनले प्रमाणीकरण गरिएको विधेयक निष्क्रिय बनाई नयाँ विधेयक दर्ता गर्न माग गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको आरोपमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदले उठेर विरोध जनाएका थिए। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने चेतावनी उनीहरूको छ।

प्रधानमन्त्रीले संसद् बैठकमा आएर यी विषयको जबाफ दिनुपर्ने माग उनीहरूको छ।

प्रकाशित: २१ जेठ २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =