छायांकनमा ह्यासट्याग माया

हिमाल प्रेस २१ जेठ २०८० १२:३७
6
SHARES
छायांकनमा ह्यासट्याग माया

काठमाडौँ– ‘थ्रिलर’ विधामा बन्ने फिल्म ‘ह्यासट्याग माया’ (माया)को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ। चौध दिनको तालिका तय गरिएको चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने फिल्मका कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए।

‘नेपालको सुन्दरतालाई फिल्ममार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायांकन प्रारम्भ गरेका हौँ। दुई साता यहाँको रमणीयस्थलमा छायांकन गर्नेछौँ।’ उनले भने। यसै फिल्ममार्फत निर्देशन यात्रा सुरु गरेका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको बताए। ‘विधा थ्रिलर भएता पनि फिल्म पूर्ण मनोरञ्जक बन्ने छ। प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु।’ उनले भने।

फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहनेछ। फिल्मको छायांकन काठमाडौँ र धरानमा समेत गरिनेछ।

शर्मिला थापाको लगानीमा बन्ने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुनेछ। निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन रहेको फिल्मको छाँयाकार उज्वल जोशी हुन्।

प्रकाशित: २१ जेठ २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =