नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा विपक्षीद्वारा संसद् अवरोध

हिमाल प्रेस २१ जेठ २०८० १२:३१
4
SHARES
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ- नेकपा एमालेलगायतका विपक्षी दलले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आइतबार संसद् बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलले तत्काल नयाँ विधेयक दर्ता गरी त्यसमाथि छलफल गर्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। उनले प्रमाणीकरण गरिएको विधेयक निष्क्रिय बनाई नयाँ विधेयक दर्ता गर्न माग गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको आरोपमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदले उठेर विरोध जनाएका हुन्। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने चेतावनी उनीहरूको छ।

प्रधानमन्त्रीले संसद् बैठकमा आएर यी विषयको जबाफ दिनुपर्ने माग उनीहरूको छ। सभामुख घिमिरेले उपयुक्त समयमा यी विषयमा जबाफ दिने भन्दै संसद्को नियमित कारबाही अघि बढाउन आग्रह गरिरहेका छन्।

प्रकाशित: २१ जेठ २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =