आजको मौसम : पहाडका केही स्थानमा चट्याङसहित वर्षा हुने

हिमाल प्रेस २१ जेठ २०८० ६:२७
10
SHARES
आजको मौसम : पहाडका केही स्थानमा चट्याङसहित वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– आइतबार (आज) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: २१ जेठ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =