एनटीसीको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६ प्याकेज’ थप सुविधासहित

हिमाल प्रेस २० जेठ २०८० २१:२३
12
SHARES
एनटीसीको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६ प्याकेज’ थप सुविधासहित

काठमाडौँ- नेपाल टेलिकम (एनटीसी)को ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड-६३६ प्याकेज’ थप सुविधासहित ल्याइएको छ।

टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध उक्त अफरअन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

साथै अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने कम्पनीको भनाइ छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीको भनाइ छ।

यसअघि यस अफरमा प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था रहेकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुने कम्पनीले बताएको छ।

यसअघि ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेला पनि प्रयोग गर्न सकिनेछ। यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन्।

प्रकाशित: २० जेठ २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =