प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको एमालेले संसद्‍मा जवाफ माग गर्ने

हिमाल प्रेस २० जेठ २०८० १९:५०
10
SHARES
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको एमालेले संसद्‍मा जवाफ माग गर्ने

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको संसद्‍मा जवाफ माग गर्ने भएको छ।

एमालेले प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार र राष्ट्रहीतविपरित अभिव्यक्ति दिएको भन्दै त्यसको जवाफ संसद्‍मा दिनुपर्ने बताएको हो। शनिबार बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्‍मा जवाफ माग गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने बताएका थिए।

अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ। पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहीतका कुनै विषय उठान गर्न नसकेको बताए। प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्‍मा उठाउने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गरे।

प्रकाशित: २० जेठ २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =