अमेरिकी भिसा शुल्क बढ्यो

हिमाल प्रेस २० जेठ २०८० १८:२५
6
SHARES
अमेरिकी भिसा शुल्क बढ्यो

काठमाडौँ- नेपालबाट अमेरिका ‘भिजिट भिसा’ आवेदन शुल्क बढेको छ। नेपालस्थित अमेरिकी दूतावासले शनिबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो।

दूतावासका अनुसार अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआवासीय भिसा शुल्क बढाइएको हो। भ्रमण भिसा आवेदन शुल्क १६० डलरबाट १८५ डलर पुर्‍याइएको छ।

त्यस्तै पेटिसनमा आधारित नभएका अन्य गैरआवासीय भिसाका लागि आवेदन शुल्क एच, एल, ओ, पी, क्यू र आरका लागि २०५ डलर पु¥याइएको दूतावासको सूचनामा उल्लेख छ।

यसअघि उक्त शुल्क १९० डलर रहेको थियो। त्यसमा ‘ई’ भिसा आवेदन शुल्कहरू २०५ डलरबाट बढाएर ३१५ डलर कायम गरिएको छ। उक्त शुल्क यही जुन १७ तारिखबाट लागू हुने दूतावासको सूचनामा उल्लेख छ।

प्रकाशित: २० जेठ २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =