बजेटले लगानी प्रोत्साहन गर्नेमा आशंका : परिसंघ

हिमाल प्रेस २० जेठ २०८० १७:००
2
SHARE
बजेटले लगानी प्रोत्साहन गर्नेमा आशंका : परिसंघ

काठमाडौँ- नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटले लगानी प्रोत्साहन गर्नेमा आशंका गरेको छ। परिसंघले एक विज्ञप्तिमार्फत बजेटले आर्थिक सुधारको प्रयास गरे पनि लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा आशंका व्यक्त गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबार आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गरेका थिए। उक्त बजेटका सन्दर्भमा विज्ञप्ति निकाल्दै परिसंघले पुँजीगत खर्च घटाउन नहुने बताएको छ। ‘मन्दिमा रहेको अर्थतन्त्रलाई समृद्धितर्फ लैजान लगानी बढाउनुपर्ने अवस्थामा पुँजीगत खर्च घटाइएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको लगानी वृद्धि गर्न परिसंघले दिएका कतिपय सुझावहरू सम्बोधन भएका छैनन्।’

मन्दीमा रहेको अर्थतन्त्रलाई बजेटले निकास दिनेमा आशंका रहेको विज्ञप्तिमा उल्लेख छ।

बजेटले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक हुनुपर्ने परिसंघको सुझाव तथा कम्तीमा एक तहको फरक हुनुपर्ने सरकारको आफ्नै नीति पनि सम्बोधन नगरेको परिसंघको भनाइ छ। तर आगामी दिनहरूमा उक्त विषयहरू सरकारले सुधार गर्दै लैजानेमा आशा रहेको परिसंघले उल्लेख गरेको छ।

प्रकाशित: २० जेठ २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =