कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह

हिमाल प्रेस २० जेठ २०८० १५:४९
कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह

काठमाडौँ- कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी विधि र नियममा नचलेको बताएका छन्। शनिबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको जिल्ला सम्मेलन कार्यक्रममा उनले आफ्नो पार्टी विधिसम्मत नचलेको बताएका हुन्।

नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको उनको भनाइ थियो। अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौति सहनुनपर्ने उनले औँल्याए।

‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो,’ उनले भने, ‘अब पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौति सामना गर्नु पर्नेछैन।’ जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: २० जेठ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =