‘सुखी नेपाली’ भन्ने आँट गर्दैनन्, ह्वाट दे वान्ट : केपी ओली

हिमाल प्रेस २० जेठ २०८० १५:३५
4
SHARES
‘सुखी नेपाली’ भन्ने आँट गर्दैनन्, ह्वाट दे वान्ट : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्। पार्टीको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको बताए।

कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउन आफूहरूले समृद्धिको एजेन्डा अघि बढाएको उनको भनाइ थियो। छिटो विकास गर्न आफूहरूले समृद्धिको एजेन्डा अघि बढाएको उनले बताए। ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन,’ उनले भने, ‘सुखी नेपाली भन्ने आँट गर्दैनन्। ह्वाट दे वान्ट?’

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको पनि बताए। विकास, निर्माणको कामलाई अघि बढाउन पनि गरिबी अन्त्य हुन आवश्यक रहेको भन्दै उनले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्नुपर्ने बताए।

‘अब हामीले भोकमरीको अन्त्य र गरिबी निवारण गर्नुछ,’ उनले भने, ‘हाम्रो १७-१८ प्रतिशत पपुलेशन अझै पनि गरिबीको रेखामुनि रहेकाले त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन। पेटको बारेमा मात्रै सोच्छ। त्यसकारण रूपान्तरणका लागि टेक्नोलोजीको प्रयोग बढाउनुपर्छ।’

प्रकाशित: २० जेठ २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =