विरोध गरेर कांग्रेस बलियो बन्दैन : सभापति देउवा

हिमाल प्रेस २० जेठ २०८० १४:५६
4
SHARES
विरोध गरेर कांग्रेस बलियो बन्दैन : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकले अर्कोलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।

देउवाले सभापति पदमा रहेर काम गर्ने आफ्नो कार्यकाल अन्तिम रहेको पनि बताए। आफूले यसपछि सभापति पदमा बसेर काम नगर्ने भन्दै उनले अबको पालो युवा पुस्ताको रहेको बताए। पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले कसैलाई पनि नरोकेको सभापति देउवाको भनाइ थियो।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने उनले बताए। आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको देउवाको भनाइ छ। ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। यो सत्य हो,’ सत्य हो, उनले भने, ‘यसलाई अझ बलियो बनाउनुपर्छ। गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो।’

प्रकाशित: २० जेठ २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =