पाकिस्तानले भन्यो– मुरल भारतको विस्तारवादी महत्वाकांक्षा हो

हिमाल प्रेस १९ जेठ २०८० १६:५२
4
SHARES
पाकिस्तानले भन्यो– मुरल भारतको विस्तारवादी महत्वाकांक्षा हो

काठमाडौँ– भारतको संसद् भवनमा राखिएको अखण्ड भारतसहितको मुरलप्रति पाकिस्तानले आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको मुरलमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको उल्लेख गरेको छ।

मुरलमा पाकिस्तान र छिमेकी देशहरूको भाग समावेश गरिएकोप्रति पाकिस्तानले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मुरललाई ‘अखण्ड भारत’सँग जोडेर केन्द्रीय मन्त्रीलगायत भाजपाका केही नेताले दिएको अभिव्यक्ति आपत्तिजनक छन्।

‘अखन्ड भारत’ को अनावश्यक दाबी विस्तारवादी मानसिकताको अभिव्यक्ति हो। जसले छिमेकी राष्ट्रहरूको मात्र होइन आफ्नै धार्मिक अल्पसंख्यकहरूको पहिचान र संस्कृतिलाई पनि दबाउन खोजेको छ।’

अखण्ड भारतको विचारलाई भारतका सत्तारुढ दलका नेताले साथ दिनु गम्भीर चिन्ताको विषय भएको पाकिस्तानले जनाएको छ। ‘भारतीय राजनीतिज्ञहरूलाई आफ्नो विभाजनकारी र संकुचित राजनीतिक एजेन्डालाई अगाडि नबढाउन र अन्य देशहरूविरुद्ध अनावश्यक बयानबाजी नगर्न हाम्रो सुझाव छ,’ विज्ञप्तिमा उल्लेख छ।

विस्तारवादी महत्वाकांक्षालाई पोषित गर्नुको सट्टा आफ्ना छिमेकीहरूसँगको विवाद समाधान गरेर शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न पाकिस्तानले आग्रह पनि गरेको छ।

प्रकाशित: १९ जेठ २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =