आइएमई पेले पायो सुरक्षित वालेटको प्रमाणपत्र

हिमाल प्रेस १९ जेठ २०८० १४:५१
आइएमई पेले पायो सुरक्षित वालेटको प्रमाणपत्र

 काठमाडौँ- आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले सुरक्षित मोबाइल वालेटको प्रमाणपत्र पाएको छ।

कम्पनीले ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको हे। सिसा इन्फरमेसन सेक्युरिटीले सुरक्षित र भरपर्दो भुक्तानी सेवा प्रदायकलाई यो प्रमाणपत्र दिन्छ।

आइएमई पेले स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको सिसाले जनाएको छ। आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी गर्न सक्छन्।

प्रकाशित: १९ जेठ २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =