सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

हिमाल प्रेस १९ जेठ २०८० १२:०६
6
SHARES
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ– शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज प्रतितोला १ लाख १३ हजार ३०० कायम भएको छ। बिहीबार प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७५० तोकिएको छ। बिहीबार १ लाख ११ हजार ९५० थियो। शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार १ हजार ४१० मा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४३५ कायम भएको छ।

जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट आएसँगै सुनको मूल्य लगातार बढिरहको छ। बजेट आएपछिको चार दिनको अवधिमा मात्रै सुनको मूल्य ५ हजार २०० ले बढेको छ। बजेटमार्फत सुनचाँदीको आयातमा लाग्ने भन्सार दर १० बाट बढाएर १५ प्रतिशत कायम गरिएको छ।

प्रकाशित: १९ जेठ २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =