प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्‍वर मन्दिरमा पूजा गर्ने

हिमाल प्रेस १९ जेठ २०८० ७:४३
12
SHARES
प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्‍वर मन्दिरमा पूजा गर्ने

काठमाडौँ– चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (आज) उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिंग महाकालेश्‍वर मन्दिरमा पूजाअर्चना गर्नेछन्। उनी बिहान ११ बजे मन्दिरमा पुग्ने भ्रमण तालिका रहेको छ। १२ ज्योतिर्लिंगमध्ये १ मानिने उक्त महाकालेश्वर मन्दिरमा उनले पूजाअर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको अतिविशिष्ट प्रोटोकलका कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ।

यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने तयारी रहेको छ।

प्रकाशित: १९ जेठ २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =