‘ग्लोकल टिन हिरो नेपाल २०२३’ का लागि आवेदन माग

हिमाल प्रेस १८ जेठ २०८० २०:१३
10
SHARES
‘ग्लोकल टिन हिरो नेपाल २०२३’ का लागि आवेदन माग

काठमाडौँ-  ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ का लागि आवेदन माग गरिएकाे छ। बिहीबार एक सूचनामार्फत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणका लागि आवेदन खुला गरेको घोषणा गरिएकाे हाे।

आगामी सेप्टेम्बर १ तारिखदेखि हुने ग्लोकल टिन हिरो २०२३ अवार्ड कार्यक्रम गोल्छा ग्रूपद्वारा प्रस्तुत हुने बताइएकाे छ। उक्त कार्यक्रममा किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कामलाई कदर र अरुमाझ चिनाउने गरिँदै आएको छ।

‘ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो जसले किशोरकिशोरीको कार्यलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ,’ आयाेजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रमले किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातका लागि उर्जा प्रदान गर्नेछ। सन् २०१५ मा पहिलो पटक नेपालबाटै सुरु भएको उक्त कार्यक्रममा सन् २०१६ देखि मात्रै नेपालभरका किशोरकिशोरीलाई प्राथमिकता दिन थालिएको हो। २०१५ मा काठमाडौँका किशोकिशोरीलाईमात्रै कार्यक्रममा सहभागी गराइएको थियो।

हालसम्म नेपालका आठ किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ। अन्य दक्षिण एसियाली देशहरूमा पनि यसका संस्करण विस्तार भइरहेका छन्। यसअघि २०१९मा भारतमा, २०२०मा श्रीलंका र २०२२ देखि उक्त कार्यक्रम बंगलादेशमा पनि सुरु गरिएको छ।

आगामी सेप्टेम्बरमा हुने ग्लोकल टिन हिरोे नेपालमा शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थिति रहनेछ। समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रमिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरनका कामलगायतमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोरकिशोरीले उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन्। सहभागी हुनका लागि यहाँबाट निःशुल्क आवेदन दिन सकिनेछ।

प्रकाशित: १८ जेठ २०८० २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =