सांसद विकास कोष कार्यक्रम नै खारेज गर्न मागसहित रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

हिमाल प्रेस १८ जेठ २०८० १८:०९
16
SHARES
सांसद विकास कोष कार्यक्रम नै खारेज गर्न मागसहित रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ। आज बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) ब्युँताउने निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो।

जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताउने घोषणा गरेका थिए। रास्वपाले यसरी निर्वाचित सांसदलाई पाँच करोडका दरले वितरण गर्दा राज्यको ढुकुटीको दोहन हुने पनि भनेको छ।  संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

‘अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहनमात्र हुने,’ रास्वपाले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने।’

 

प्रकाशित: १८ जेठ २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =