अख्तियारका आयुक्त चन्दको गीतमा प्रियंकाको ठुम्का

हिमाल प्रेस १८ जेठ २०८० १६:५३
8
SHARES
अख्तियारका आयुक्त चन्दको गीतमा प्रियंकाको ठुम्का

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्वएआईजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत बिहीबार ‘आरटी इन्टरनेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायिका मेलिना राईको स्वर रहेको उक्त राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन्। महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन्। सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन्।

‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, स्कुल कलेज बिहे व्रतबन्धतिर बजाउन मिल्छ। आमदर्शक स्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ।’

चन्दले यसअघि ट्राफिकसम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत पनि बनाएका थिए।

प्रकाशित: १८ जेठ २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =