‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा ‘राधा’ले पायो तीन अवार्ड

हिमाल प्रेस १८ जेठ २०८० १६:२८
4
SHARES
‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा ‘राधा’ले पायो तीन अवार्ड

काठमाडौँ- फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘द सेक्रेट्स अफ राधा’ले तीन विधामा अवार्ड पाएको छ। फेस्टिभलमा फिल्मले उत्कृष्ट फिचर फिल्म, अभिनेत्री र निर्देशकको अवार्ड जितेको फिल्मका लेखक तथा निर्देशक सुवर्ण थापाले जानकारी दिए।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा राधा फिल्म लेखन, निर्देशन, अभिनय, छायांकन, सेट डिजाइन, सम्पादन गरी ७ विधामा मनोनयनमा परेको थियो। ला फेमे इन्डिपेन्डेन्ट फिल्मले विशेषतः महिला फिल्मकर्मी र महिला चरित्रलाई प्राथमिकता दिने उद्देश्यले फेस्टिभलको आयोजना गर्दै आएको छ।

फिल्ममा वेपत्ता भएका पतिको खोजीमा संघर्षरत महिलाको कथा समेटिएको छ। अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भुमिका रहेको फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।

यो फिल्म आगामी भदौ २९ गते नेपालमा पुनः प्रदर्शन हुँदै छ। फिल्म अहिले विदेशका विभिन्न सहरमा प्रदर्शनरत छ। फिल्मले सकारात्मक प्रतिक्रिया र नेपालसहित विदेशी फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड पाएपछि नेपालमा पुनः प्रदर्शन गर्न लागिएको फिल्म निर्माण टिमले जनाएको छ।

फिल्म यसअघि गत वर्ष भदौमै प्रदर्शन गरिएको थियो। त्यतिबेला हल वितरकबाट शो कम पाएको भन्दै निर्माण टिमले प्रदर्शनको तेस्रो दिनमै हलबाट फिल्म उतारेका थिए।

प्रकाशित: १८ जेठ २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =