नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

हिमाल प्रेस १८ जेठ २०८० १६:१७
8
SHARES
नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ– नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशभर छरिएका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो।

‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। योसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

प्रकाशित: १८ जेठ २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =