नेपाल-भारत अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी सम्झौता

हिमाल प्रेस १८ जेठ २०८० १५:३३
2
SHARE
नेपाल-भारत अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ- नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी सम्झौता गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा उक्त सम्झौता गरिएको हो।

सम्झौतामा नेपालकातर्फबाट नेपाल क्लियरिङका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकको पनि लगानी रहेको नेपाल क्लियरिङ हाउस र भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)को पनि लगानी रहेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको प्रणाली इन्ट्रिग्रेसनमार्फत अब नेपाल र भारतमा अन्तरदेशीय डिजिटल भुक्तानी अर्थात क्यूआर स्क्यानमार्फत भुक्तानी काराेबार गर्न सकिनेछ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रसबोर्डर डिजिटल पेमेन्टले आर्थिक रूपमा जोड्ने र लक्षितवर्गलाई फाइन पुग्ने बताए। ‘क्रसबोर्डर डिजिटर पेमेन्टको माध्यमले हुने कनेक्टिभीटीका लागि उठाइएको कदमको हामी स्वागत गर्छौँ,’ उनले भने, ‘यसको लाभ हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थयात्रीका साथै उपचारका लागि भारत आउजे बिरामीले पाउनेछन्।’

नेपाल र भारतबीच यसअघि कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था थियाे।

प्रकाशित: १८ जेठ २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =