नेप्से बढ्यो, कारोबार रकम घट्यो

हिमाल प्रेस १८ जेठ २०८० १५:२१
4
SHARES
नेप्से बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ- दुई दिन भारी अंकले घटेको सेयर बजार परिसूचक (नेप्से) आज (बिहीबार) १६.५४ अंकले बढेको छ। कारोबार ०.८९ प्रतिशतले बढ्दा परिसूचक १८६६.३४ बिन्दुमा उक्लिएको छ।

परिसूचक बढे पनि बिहीबार कुल कारोबार रकममा भने गिरावट आएको छ। आज ६१ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो।

बिहीबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ। ३७ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। आज जोशी हाइड्रोपावर, बीपीडब्लू लघुवित्त, एसियन हाइड्रोपावर, पाँचथर पावरलगायत कम्पनीका लगानीकर्ता बढी कमाउनेको शीर्ष सूचीमा छन्।

प्रभु बैंक लिमिटेडको संस्थापक सेयर २३ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। शिवम् सिमेन्टको ११ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: १८ जेठ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =