प्रधानमन्त्रीको भारत भ्रमण

नेपालबाट १० वर्षभित्र १० हजार मेगावाट बिजुली आयात गर्छौँ : मोदी

हिमाल प्रेस १८ जेठ २०८० १३:३९
18
SHARES
नेपालबाट १० वर्षभित्र १० हजार मेगावाट बिजुली आयात गर्छौँ : मोदी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट बिजुली ल्याउने तयारी गरेको बताएका छन्। भारतको नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्बोधनमा मोदीले भारत र नेपालबीच ‘लङटर्म पावर ट्रेड एग्रिमेन्ट’ गरेको बताएका हुन्।

‘नेपालबाट अहिले ४५० मेगावाटभन्दा बढी बिजुली आयात गरिरहेका छौँ,’ उनले भने, ‘आगामी १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा आयात गर्ने लक्ष्य राखेका छौँ।’

यस्तै उनले नेपालसँगको साझेदारी उपलब्धिमूलक भएको पनि बताए। ‘आज मैले र प्रचण्डजीले हाम्रो सहकार्यको सुपरहिट बनाउने निर्णय लिएका छौँ। ट्रान्जिट एग्रिमेन्ट सम्पन्न भएको छ,’ उनले भने, ‘रेल्वेजका साथै इनल्याड वाटर वेको पनि सुविधा दिएको छ।’

मोदीले मल उत्पादन गर्नेमा आपसी सहकार्य गरेर अगाडि बढ्ने बताए। ‘दुवै पक्षलाई सहयोग हुने गरेर इलेक्ट्रोनिक पेमेन्ट गेटवेको तयारी सुरु भएको छ, यसले आर्थिक कनेक्टिभिटी राम्रो हुन्छ,’ उनले भने।

प्रकाशित: १८ जेठ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =