बिहे प्रस्ताव अस्वीकार गर्दा काकासहित भतिजीको हत्या

हिमाल प्रेस १८ जेठ २०८० १३:२१
6
SHARES
बिहे प्रस्ताव अस्वीकार गर्दा काकासहित भतिजीको हत्या

लुम्बिनी– बिहे प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा एक युवकले २ जनाको हत्या गरेको खुलेको छ। वाणगंगा नगरपालिका ६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए। रुपन्देही कञ्चनका २२ वर्षीय मोहन थारूले उनीहरूमाथि चक्कु प्रहार गरेको डीएसपी घलेले बताए।

बमबहादुरको जीतपुरमा उपचारको क्रममा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र बमको बिहे प्रस्ताव अञ्जनीले स्वीकार नगरेपछि उनीहरूको हत्या गरेको घलेले जानकारी दिए।

हत्या गर्ने थारूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: १८ जेठ २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =