महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्दै

हिमाल प्रेस १८ जेठ २०८० १२:३६
4
SHARES
महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्दै

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, श्रृंखला-२’ आयोजना गर्ने भएको छ।

बैंकले आफ्नो २९औँ वार्षिकोत्सवको अवसर पारेर जेठ २० गतेदेखि २२ गतेसम्म ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा प्रतियोगिता आयोजना गर्नेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा र आत्मीयता बढाउन भूमिका खेल्ने बताउँछन्।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने भएका छन्। १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताभर कुल ३१ खेल हुनेछन्।

प्रकाशित: १८ जेठ २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =