वन्यजन्तुसम्बन्धी कसुरमा चितवनबाट दुई जना पक्राउ

हिमाल प्रेस १८ जेठ २०८० ८:२६
4
SHARES
वन्यजन्तुसम्बन्धी कसुरमा चितवनबाट दुई जना पक्राउ सांकेतिक तस्बिर।

चितवन– चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका-११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो। वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रजाको घरबाट २ थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिए। हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ। वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =