प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

हिमाल प्रेस १८ जेठ २०८० ६:५६
4
SHARES
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा समकक्षी मोदीसँग। फाइल तस्बिर

काठमाडौँ– चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार (आज) भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न भएका छन्। हैदरावाद हाउसमा मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यसूची रहेको प्रचण्डको सचिवमलयले जनाएको छ। मोदीसँगको भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने तयारी छ।

यसपछि सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनपछि आयोजना हुने पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रचण्ड बिहान साढे दश बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जनाएको छ। प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन्।

हिजो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको ५ महिनापछि भारत भ्रमणमा निस्किएका हुन्।

शुक्रबार उनी मध्यप्रदेश जाने र शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्कने तयारी रहेको छ।

प्रकाशित: १८ जेठ २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =