भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।
काठमाडौँ– ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न निवेदन दिएका थिए।
उनीहरूको मुद्दाको सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश डा. कुमार चुडालको इजलासले गृह मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेको हो।

प्रकाशित: १५ असार २०८० १५:५० | Friday, June 30, 2023
प्रतिक्रिया




