सन्‌राइज बैंकले दियो ३५ महिलालाई सीपमूलक तालिम

हिमाल प्रेस १७ जेठ २०८० १४:१३
6
SHARES
सन्‌राइज बैंकले दियो ३५ महिलालाई सीपमूलक तालिम

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्थानीयस्तरमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम दिएको हो। जेठ ८ गतेदेखि सुरु भएको कार्यक्रम पाँच दिनसम्म चलेको थियो। तालिममा ३५ जना महिलाको सहभागिता थियो।

तालिममा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान गरिएको थियो।

प्रकाशित: १७ जेठ २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =