आइएमई पेका ग्राहकलाई निसर्ग अस्पतालमा २५ प्रतिशत छुट

हिमाल प्रेस १७ जेठ २०८० १३:२४
आइएमई पेका ग्राहकलाई निसर्ग अस्पतालमा २५ प्रतिशत छुट

काठमाडौँ-  आइएमई पे र निसर्ग अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। छुट सम्झौता एक वर्षसम्म कायम रहने छ।

सम्झौता पत्रमा निसर्ग अस्पतालका तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ जेठ २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =