चिनियाँ टोलीद्वारा प्रधानमन्त्री प्रचण्ड र माओवादी नेतासँग छुट्टाछुट्टै भेट

हिमाल प्रेस १७ जेठ २०८० १२:५५
14
SHARES
चिनियाँ टोलीद्वारा प्रधानमन्त्री प्रचण्ड र माओवादी नेतासँग छुट्टाछुट्टै भेट

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय टोलीले माओवादी केन्द्रका नेताहरूसँग भेट गरेको हो।

भेटका क्रममा दुई पार्टीबीच सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताबीच पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल उनको भनाइ छ।

‘उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्‍यौं। दुई पार्टीबीच सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ। दुई सरकारबीचमा समान सम्बन्ध विस्तार होस्, २ देशका जनताबीच पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौं,’ उनले भने।

भेटमा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायत पार्टीका नेताहरू उपस्थित थिए।

सो टोलीले आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग शिष्टाचार भेट गरेको थियो।

बुधबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारत जानुपूर्व चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच प्रधानमन्त्री र माओवादी नेताबीच भएको भेटलाई महत्त्वपूर्ण रूपमा लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =