आजको मौसम : पहाडी जिल्लामा हल्का वर्षासहित चट्याङको सम्भावना

हिमाल प्रेस १७ जेठ २०८० ६:२४
12
SHARES
आजको मौसम : पहाडी जिल्लामा हल्का वर्षासहित चट्याङको सम्भावना तस्बिर स्रोत : फरेस्ट्री नेपाल

काठमाडौँ– बुधबार (आज) बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले यसको मौसममा यस्तो बदली देखिएको हो। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: १७ जेठ २०८० ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =