कोशीमा आमहड्ताल नगर्ने सहमति

हिमाल प्रेस १६ जेठ २०८० १८:०९
6
SHARES
कोशीमा आमहड्ताल नगर्ने सहमति तनावग्रस्त विराटनगर। फाइल तस्बिर/हिमाल प्रेस

इटहरी- प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरिएको छ। ‘काेशी’ नाम खारेज गर्दै पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधरको आन्दोलन शान्तिपूर्ण रूपमा अगाडि बढाउने सहमति सरकार र आन्दोलनरत पक्षबीच गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच भएको छलफलले शान्तिपूर्ण आन्दोलन गर्ने सहमति गरिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शान्तिपूर्ण कार्यक्रमहरू सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने तथा आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको बताए।

सहमतिसँगै यसअघि प्रहरी नियन्त्रणमा रहेका पहिचान पक्षधरका २६ जना रिहा भएका छन्। आन्दोलनमा उत्रिएका ८६ जना पहिचान पक्षधरलाई प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको थियो।

तीमध्ये तोडफोड, आक्रमण र हुलहुज्जतमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी थियो। ६० जनालाई सोमबारै छाडिएको थियो। प्रदेश सरकारले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखेको थियो। नामप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरहरू आन्दोलित थिए।

प्रकाशित: १६ जेठ २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =