बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

हिमाल प्रेस १६ जेठ २०८० १३:४७
6
SHARES
बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नेपालगञ्ज- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा बाँकेस्थित सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ। यस आयोजनाका लागि आगामी आवमा ८० करोड रुपैयाँ विनियोजन भएको छ।
चालु आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि १ अर्ब १२ करोड विनियोजन भएकोमा हालसम्म ६७ करोड खर्च भइसकेको छ।

त्यस्तै भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि सरकारको प्राथमिकतामा परेको छ। यसको हेडवक्र्स तथा पावर हाउसको निर्माण कार्य सम्पन्न गरी बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध हुने व्यवस्था मिलाउने उद्देश्य राखिएको छ। यसको लागि आगामी आवका लागि १ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ।

आगामी आर्थिक वर्षको बजेटले बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने, नेपालगञ्जमा एकीकृत जाँच चौकी सञ्चालनमा ल्यााइने, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने योजना समेटेको छ।

त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक पूर्वाधार विकास तथा उपकरण खरिद गरिने, नेपालगञ्ज सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन थालिने, नेपालगञ्जको प्रदेश रंगशाला र कभर्ड हलको संरचना निर्माण गरिने उल्लेख छ।

यसैगरी बाल सुधार गृह मर्मतसम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गर्न, कोहलपुरमा डाटा सेन्टरको निर्माणलाई तीव्रता दिन, नौवस्तास्थित क्षेत्रीय कारागारको क्षमता विस्तार गर्न बजेट विनियोजन भएको छ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =