चिया सागरको नयाँ आउटलेट महाराजगन्जमा

हिमाल प्रेस १५ जेठ २०८० १६:२८
554
SHARES
चिया सागरको नयाँ आउटलेट महाराजगन्जमा

काठमाडौँ- चिया सागरले काठमाडौँको नयाँ बानेश्वरपछि महाराजगन्जको श्रीकान्तिमार्गमा पनि नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। ८० लाख रुपैयाँ लगानीमा उक्त आउटलेट सञ्चालनमा ल्याइएकाे हाे।

केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ लगानी गरेर चिया सागरको महराजगन्ज आउटलेट सञ्चालनमा लयाएका हुन्। सोमबार एक कार्यक्रम गर्दै नायक सलोन बस्नेत र मोडल याङ्शु श्रेष्ठले सयुंक्त रूपमा चिया सागरको नयाँ आउटलेट उद्घाटनन गरे।

चिया सागरमा ५५ प्रकारका चिया पाइने सञ्चालकले बताएका छन्। चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन्। यिनीहरूमध्ये बढी चर्चित मसाला चियालाई लिइन्छ। ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको सञ्चालकको भनाइ छ।

चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रूपैयाँ कप सम्मका चिया उपलब्ध छन्। चिया, कफीबाहेक यहाँ बेकरी आइटम पनि पाइन्छन्। चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ।

विदेश किन जानु!

 

प्रकाशित: १५ जेठ २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =